प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिछ्याउनु पर्छ : कुलमान
सारांश
- पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीलाई सम्मान गर्नुपर्ने बताए।
- उनले प्रवासी नेपालीले पठाएको रेमिटेन्सले मुलुकको अर्थतन्त्र धानिरहेको उल्लेख गरे।
- घिसिङले जनतालाई केन्द्रमा राखेर सामाजिक-आर्थिक रूपान्तरणको लागि काम गर्नुपर्ने बताए।
लिस्बन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिछ्याउनु स्वागत गर्नुपर्ने बताएका छन्।
नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलद्वारा शनिवार आयोजित सम्मान तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले प्रवासी नेपालीबाट मुलुकले ठुलो अपेक्षा राखेको बताए।
खाडी मुलुक लगायत संसारभरि रहेका नेपालीहरूले पठाएको रकम (रेमिटेन्स) बाट मुलुकको अर्थतन्त्र चलिरहेको तर तिनै प्रवासी नेपालीलाई एयरपोर्ट देखि नै दुख दिने गरिएको उनले बताए।
'विदेशमा रहेका नेपालीले हरेक महिना एक खरब रुपियाँ भन्दा बढी नेपाल पठाई रहनु भएको छ, त्यसैले मुलुक धानेको छ, तर त्यस अनुसार उहाँहरूले सम्मान पाउन सक्नु भएको छैन,' उनले भने।
आफू खाडी राष्ट्र, अमेरिका, बेलायत हुँदै युरोपेली मुलुकहरूको भ्रमणमा आइपुगेको बताउँदै घिसिङले जबसम्म नेपाल समृद्ध हुँदैन तबसम्म कसैको पनि इज्जत नबढ्ने बताए।
उनले जनतालाई केन्द्रमा राखेर सामाजिक-आर्थिक रूपान्तरणको लागि काम गर्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण