शीर्ष बैठकबाट महाधिवेशनबारे निर्णय लिने लोसपाको तयारी
आइतबार, ०८ भदौ २०८२, १४ : ४२
सारांश
- लोसपा नेपालको शीर्ष नेताहरूको बैठक पार्टी कार्यालयमा सुरु भयो।
- बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण र महाधिवेशनबारे छलफल भइरहेको छ।
- पार्टीले यसअघि तीन पटक महाधिवेशनको मिति तोके पनि पूरा गर्न सकेको छैन।
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको शीर्ष नेताको बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण तथा पार्टी महाधिवेशनको विषयमा छलफल भइरहेको सो पार्टीका महासचिव डा.सुरेन्द्र झाले बताए ।
यसअघि साउन मसान्तभित्र गर्नेगरी महाधिवेशनको मिति तोकिए पनि उक्त समयमा सम्पन्न गर्न नसकेपछि आजको बैठकमा नयाँ मितिबारे छलफल हुने बताइएको छ । लोसपाले यसअघि तीन पटक तोकिएको महाधिवेशनको मिति पूरा गर्न सकेको छैन ।
बैठकले महाधिवेशनको मिति निश्चित गरेर अघि बढ्ने गरी निर्णय लिने तयारी गरेको पार्टीका महासचिव झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण