एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
सारांश
- एक वर्षमा नेपालमा १७ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ।
- आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ अर्ब २३ अर्ब २७ करोड पुग्यो।
- वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा वृद्धि भएको छ।
काठमाडौँ । एक वर्षको अवधिमा नेपालमा १७ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई .१७ अर्ब २३ अर्ब २७ करोड पुगेको हो ।
अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। यस्तै २०८२ असार महिनाको विप्रेषण आप्रवाह रु.१८९ अर्ब ११ करोड रहेको पनि राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह रु.११७ अर्ब ७८ करोड रहेको थियो ।
समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।
यस्तै समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१८७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.१५७१ अर्ब २४ करोड रहेको थियो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ ।
अघिल्लो वर्ष यस्तो सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण