इन्दिरा रानामगरको संस्थाबारे सीआईबीकाे चासाे
सारांश
- उपसभामुख इन्दिरा रानामगरको संलग्नता रहेको संस्थामा बालमन्दिरबाट पठाइएका ५ बालबालिकाबारे प्रहरीले चासो देखाएको छ।
- राना मगर अध्यक्ष रहेको 'पीए नेपाल'ले बालबालिका लगेर फिर्ता नगरेको घटना सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान थालेको हो।
- २०७२ सालमा बालबालिका लगिएका थिए, तर अहिलेसम्म उनीहरु बालमन्दिरमा फर्केका छैनन्।
काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर जोडिएको संस्थामा बालमन्दिरबाट पठाइएका ५ जना बालबालिकाबारे प्रहरीले चासो देखएको छ ।
राना मगर उपसभामुख बन्नुभन्दा पहिले नै २०७२ कार्तिकमा ‘पीए नेपाल’ नामको संस्थामा बालगृहले पठाएको बालबालिका नफर्केको घटना सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्यसबारे चासो राखेको हो ।
इन्दिरा रानामगर अध्यक्ष रहेको ‘पीए नेपाल ’ले सिफलस्थित बालगृहबाट पाँच बालबालिका लगेर र उनीहरू नफर्केको घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यसबारे सीआईबी मातहतको मानव बेचबिखन ब्युरोले तथ्यबारे चासो राखेको हो । घटना के हो भनेर मानव बेचबिखन ब्युरोलाई बुझ्नु भनिएको सीआईबीका प्रमुख (एआईजी) चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । उनले भने, ‘तथ्य के हो भनेर बुझ्न खोजिएको हो ।’
त्यसबेला बालमन्दिरबाट लगिएका बालबालिका अहिलेसम्म नफर्किएकाे बताइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण