कञ्चन नेपाली र विभेद पौडेल ग्ल्यामर रनवे मोडल–२०२५ को विजेता घोषित
काठमाडौं । काेडा कम्पनीको आयोजनामा ग्ल्यामर रनवे मोडल–२०२५ को ग्राण्ड फिनाले सम्पन्न भएको छ। ललितपुरको पुलचोकस्थित द प्लाजामा आयोजित भव्य समारोहमा पूर्वराष्ट्रपति नन्दकिशोर पुन प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसिसहित कलाकार आनन्द कार्की, प्रमोद अग्रहरी, मुस्कान ढकाल, बिमल अधिकारी, डा. नविन शाह, विनोद ढकाललगायतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
फिनालेमा महिलातर्फ कञ्चन नेपाली विजेता घोषित भएकी छन् भने रितु तामाङ प्रथम उपविजेता र मानसी केसी द्वितीय उपविजेता बनेकी छन्। आयोजकको रोजाइ पुरस्कार हिरा आचार्यले पाएकी छन्। पुरुषतर्फ विभेद पौडेल विजेता बनेका छन् भने दर्शकको रोजाइ आर्यभट्टचन भएका छन्।
१८ देखि २७ वर्ष उमेर समूहका युवा–युवती सहभागी भएको उक्त प्रतियोगिताबारे कम्पनीका म्यानेजिङ डाइरेक्टर अनुपम गौतमले पाँच वर्षभित्रै यस शोले नेपालकै मोडलिङ र ग्ल्यामर क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले युवापुस्तालाई आत्मनिर्भर बनाउने र नयाँ अवसरहरूको बाटो खोल्ने यस कार्यक्रमले जलवायु परिवर्तनदेखि सामाजिक मुद्दासम्ममा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दरिलो उपस्थिति जनाउने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण