गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित
सारांश
- वीरगन्ज महानगरमा झाडापखाला र हैजा नियन्त्रणका लागि रौतहटबाट चिकित्सकको टोली आएको छ।
- गौर प्रादेशिक अस्पतालका डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचारमा सहयोग गर्नेछ।
- वीरगन्जमा ७९ जना हैजा र १०३ जना झाडापखालाका बिरामी भेटिएका छन्।
वीरगन्ज । वीरगन्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली यहाँ आइपुगेको छ ।
गत शुक्रबारदेखि वीरगन्ज महानगर आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखापरेसँगै आज गौर प्रादेशिक अस्पतालका डा. परशुराम यादव र डा.विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली वीरगन्जको नारायणी अस्पतालमा आइपुगेको हो ।
प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगन्जमा झाडापखाला र हैजाका बिरामी देखा परेपछि आवश्यक सहयोग चिकित्सकसहितको टोली वीरगन्ज पठाइएको जानकारी दिए ।
‘दुई जना चिकित्सक र तीन जना हेल्थ असिस्टेन्टसहितको टोली पठाएका छौँ’, उनले भने, ‘चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले वीरगन्ज आसपास क्षेत्रमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणमा सहयोग गर्नुका साथै बिरामीको उपचारका लागि समन्वय गर्नुहुनेछ ।’
वीरगन्जमा अहिलेसम्म ७९ जना हैजाका बिरामी भेटिएका छन् भने झाडापखालाजन्य लक्षण देखिएका एक सय तीन जना यहाँका विभिन्न अस्पतालमा उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण