भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या तीन वर्षभित्र समाधान हुन्छ : मन्त्री अधिकारी
सारांश
- मन्त्री बलराम अधिकारीले तीन वर्षभित्र भूमिहीनको समस्या समाधान गर्ने योजना रहेको बताए।
- उनले भूमि समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखेको र स्थानीय तहसँग सहकार्यको अपेक्षा व्यक्त गरे।
- जनकपुरधाममा आयोजित कार्यक्रममा जग्गाधनी पुर्जा वितरण सुरु गरिएको छ।
जनकपुरधाम । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आगामी तीन वर्षभित्र भूमिहीन सुकुमवासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने सरकारको योजना रहेको बताएका छन् ।
विदेह नगरपालिका–९, इटहर्वामा नापी कार्यालय धनुषाद्वारा आयोजित गाउँब्लक जग्गाधनी दर्ता प्रमाण–पूर्जा वितरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री अधिकारीले भूमि समस्या समाधान नै सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।
‘जनताको समस्या समाधान गर्नु तीनै तहको सरकारको दायित्व हो, यसबाट कोही पनि पन्छिन सक्दैन,’ मन्त्री अधिकारीले बताए ।
उनले भूमि आयोगको कार्यमा स्थानीय तह र प्रदेश सरकारको सहयोग अपरिहार्य हुने भन्दै आवश्यक सहकार्यको अपेक्षा व्यक्त गरे । मन्त्री अधिकारीले अब गाउँब्लक सम्बन्धी समस्या समाधान गर्न कार्ययोजना बनाएर अघि बढिरहेको जानकारी दिँदै भूमिसम्बन्धी कार्यमा जनतालाई दुःख दिने कर्मचारीमाथि कारबाही हुने चेतावनी दिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामकृष्ण यादव, प्रदेश सांसद लखन दास, विदेह नगरपालिकाका मेयर वेचन दास, उपमेयर आशादेवी झा, नेकपा एमालेका जिल्ला अध्यक्ष भोला यादव, नेपाली कांग्रेस र एमालेसहित विभिन्न दलका स्थानीय नेता–कार्यकर्ताको उपस्थिति थियो ।
कार्यक्रममा नगरपालिकाका १ देखि ९ नम्बर वडाका करिब ३०० जनालाई जग्गाधनी प्रमाण–पूर्जा वितरण सुरु गरिएको छ । ७७ वर्षीय ज्येष्ठ नागरिक देवनन्दन मण्डललाई लालपुर्जा हस्तान्तरण गर्दै मन्त्री अधिकारीले जग्गाधनी पुर्जा वितरण कार्यक्रम उदघाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण