राज्य व्यवस्था समिति सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक
सोमबार, ०९ भदौ २०८२, १८ : ००
सारांश
- सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
- निर्वाचन भदौ ११ गते हुने र उम्मेदवारी दर्ताको समय भदौ १० गते दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको छ।
- समितिको बैठक भदौ ११ गते ३ बजे बस्ने र सोही बैठकमा सभापतिको निर्वाचन हुनेछ।
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा अन्तर्गत गठित राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ । साेमबार सचिवालयका सचिव हर्कराज राईले यही भदाै ११ गते हुने निर्वाचनको कार्यतलिका सार्वजनिक गरेका हुन् ।
कार्यतालिका अनुसार १० गते मङ्गलबार दिउँसो एक बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ ।
‘सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को एक सदस्यको समर्थन सहित प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७६ को उपनियम (२) बमोजिम प्रस्ताव दर्ता गर्ने,’ जारी सूचनामा उल्लेख छ । त्यसपछि १० गते सवा चार बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका छ ।
भदौ ११ गते ३ बजे समिति बैठक बस्ने र त्यसमा सभापतिको निर्वाचन हुने कार्यतालिकामा उल्लेख छ ।
यस्तो छ कार्यतालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण