नेपाल ‘ए’ को भारत भ्रमणको तालिका सार्वजनिक
सारांश
- नेपाल 'ए' टोलीले भारतमा टी-२० शृङ्खला खेल्ने भएको छ।
- शृङ्खला आसाम राज्यको टोलीसँग ५ खेलको हुनेछ, जसमा ३ वटा खेल दिउँसो र रातमा हुनेछन्।
- अनिल शाहको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ।
काठमाडौँ । नेपाल ‘ए’ टोलीले छिमेकी राष्ट्र भारतमा टी–२० शृङ्खला खेल्दैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आसाम राज्यको टोलीसँग ५ खेलको शृङ्खला खेल्न लागिएको हो ।
क्यानले सोमबार शृङ्खलाको तालिकासमेत प्रकाशित गरेको छ । जसअनुसार सबै खेल फुलुङस्थति एसीए सीए ग्राउण्ड र गुवाहाटीमा रहेको एसीए स्टेडियममा खेलिनेछन् ।
पहिलो खेल २८ अगस्तमा खेलिनेछ भने अन्तिम खेल १ सेप्टेम्बरमा खेलिनेछ । ५ मध्ये ३ खेलमा दिवारात्रि खेल हुनेछन् ।
शृङ्खलाका लागि लागि क्यानले अनिल साहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा अर्जुन घर्ती मगर (विकेटकिपर), तीर्थराज दास, शुभ कंशकार, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा र विवेक कुमार यादवलाई समावेश गरिएको छ ।
त्यस्तै, पवन शर्राफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरी, आदिल आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाललाई टोलीमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण