आम विद्यार्थी मोर्चा रौतहटको अध्यक्षमा प्रिन्स साह सर्वसम्मत निर्वाचित
सारांश
- आम विद्यार्थी मोर्चा रौतहट जिल्ला कमिटीको अध्यक्षमा प्रिन्स साह निर्वाचित भएका छन्।
- गरुडामा भएको भेलाले ७५ सदस्यीय कमिटी चयन गरेको छ, जसमा पदाधिकारीहरू रहेका छन्।
- भेलाले रौतहटमा शिक्षक अभाव भएको भन्दै संघर्ष गर्ने निर्णय गरेको छ।
रौतहट । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चा रौतहट जिल्ला कमिटीको अध्यक्षमा प्रिन्स साह (आलोक) सर्वसम्मत निर्वाचित भएका छन् ।
रौतहटको गरुडामा आज आम विद्यार्थी मोर्चाको सम्पन्न जिल्ला भेलाले साहलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
७५ सदस्यीय विद्यार्थी मोर्चाको उपाध्यक्षमा अफरोज आलम, अनिसा पासवान, सचिवमा रामबाबु साह, सहसचिवमा सतेन्द्र कुमार यादव, कमल यादव रहेका छन् । यसैगरी सदस्यहरुमा रामप्रवेश पटेल, ललन साह, रिषी साह, रमित साह, धिरज यादव, बिजय यादव लगायतका रहेको नवनिर्वाचित अध्यक्ष साहले जनाएका छन् ।
भेलामा आजपा कार्यालय सदस्य एवं पूर्व सांसद समिना हुसेन, रौतहट जिल्ला अध्यक्ष नरेश तुरहा, आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साह सहित जिल्लाका अगुवा नेताहरुको समेत विशेष सहभागिता रहेको थियो ।
भेलाले रौतहट जिल्लामा विद्यार्थीको अनुपातमा बिषयगत र तहगत शिक्षकको अभाव रहेकाले त्यसका लागि संघर्षका कार्यक्रम अगाडी बढाउने निष्कर्ष समेत निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
-
एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी हस्तान्तरण
-
गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : गगन थापा
-
यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
-
सरकारी सूचनामा निजी मिडियामाथि विभेद भएको भन्दै पत्रकार महासङ्घको र्याली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण