बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन
सारांश
- बेलायतमा आयोजित १६औँ नेपाली मेलामा १० हजारभन्दा बढीले अवलोकन गरे।
- मेलामा विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए, जसमा मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गर्यो।
- पासा पुच गुठी युकेले एस्वास्डर कपको उपाधि जित्यो, भने किरात याक्थुम चुम्लुङ दोस्रो भयो।
बेलायत । बेलायतमा आयोजित १६ औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो ।
आइतबार सम्पन्न मेलामा नेपाली मौलिकता झल्कने विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए । झाँकी प्रतियोगितातर्फ मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गरेको छ । पासा पुच गुठी युकेले दोस्रो स्थान प्राप्त गर्दा किरात याक्थुम चुम्लुङ युकेले तेस्रो स्थान हासिल गरेको मेला सञ्चार संयोजक एस के गुरुङले जानकारी दिए ।
मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा सहभागी भएका २५ सङ्घ–संस्थामध्ये पासा पुच गुठी युके विजयी भएको छ भने दोस्रो स्थानमा तनहुँ समाज युके र तेस्रो स्थान किरात याक्थुमचुम्लुङले प्राप्त गरेको छ ।
मेलामा आयोजित एस्वास्डर कपको उपाधि पासा पुच गुठी युकेले जित्यो । किरात याक्थुम चुम्लुङ युके दोस्रो र किरात राई यायोक्खा युकेले तेस्रो स्थान प्राप्त गरे ।
मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले गरेका थिए । उनले नेपालीहरु जहाँ पुगे पनि नेपालको मौलिकता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गरे ।
कार्यक्रममा आयोजक समूहका तर्फबाट तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले नेपालीले सबैलाई धन्यवाद ज्ञापन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण