बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तीजको मूल सम्बन्ध संयम र आत्म–अनुशासनसँग जोडिएको छ : प्रधानमन्त्री

मङ्गलबार, १० भदौ २०८२, ०८ : २७
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्वको मूल सम्बन्ध व्रत, संयम र आत्म-अनुशासनसँग गहिरो रूपमा जोडिएको बताए।
  • उनले तीजलाई गीत-नृत्यको पर्वका रूपमा मात्र बुझ्ने गरिएकोमा असन्तुष्टि व्यक्त गरे।
  • ओलीले तीजले आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणमा जोड दिने उल्लेख गरे।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्वको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन् । हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएकोमा असन्तुष्टि पोखेका हुन् । 

उनले भनेका छन्– 'तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ। तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ। प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो। अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन्।'

संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको उनले उल्लेख गरे ।  पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्‍याउँछ भन्ने चर्चा गर्न थालेको ओलीले बताएका छन् ।

उनले सन्देशमा भनेका छन्– 'संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस्। सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मंगलमय शुभकामना !'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप