सरुवा भएपनि दुई कर्मचारीले बुझेनन् रमाना
सारांश
- सप्तरीको राजविराजस्थित अस्पतालबाट सरुवा भएका दुई कर्मचारीले पाँच महिनासम्म रमाना बुझेका छैनन्।
- स्वास्थ्य मन्त्रालयले रमाना दिन निर्देशन दिए पनि कर्मचारीहरूले राजनीतिक पहुँच देखाउँदै बेवास्ता गरेका छन्।
- अस्पतालका मेसुका अनुसार ती दुवै कर्मचारी अब रमाना बुझ्न तयार भएका छन्।
जनकपुर । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालबाट सरुवा भएको पाँच महिना पुग्न लाग्दा पनि दुई कर्मचारीले रमाना नबुझेको पाइएको छ ।
स्टोर शाखा र प्रशासन शाखामा कार्यरत दुई कर्मचारी आफ्नो सरुवा भइसक्दा पनि रमाना नबुझेको तथ्य फेला परेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०८१ सालको २५ चैतमा नायब सुब्बा नारायण यादव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही वैशाख २४ गते नायब सुब्बा रामबाबु यादवको सरुवा गरेको थियो ।
तर सरुवा भएका दुबै कर्मचारी अहिले पनि गजेन्द्र नारायण सिंह अस्पतालमै कार्यरत रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) प्रकाश प्रसाद साहका अनुसार यी दुवै कर्मचारीले अस्पतालबाट रमाना बुझेका छैनन् ।
उनले भने, ‘दुबै जना बाहिर गएका थिए, अब अस्पताल आएका छन् । रमाना दिने काम गरिन्छ ।’
यसरी सरुवा भएका कर्मचारीहरू सम्बन्धित ठाउँमा नपुगेपछि यही जेठको २८ गते स्वास्थ्य मन्त्रालयले काज फिर्ता गर्न तथा रमाना दिन उर्दी जारी गरेको थियो । तर त्यसको बाबजुद पनि दुई कर्मचारीले राजनीतिक कनेक्सनका देखाउँदै सरुवाको पत्रलाई बेवास्ता गर्दै आएको स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
-
काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
-
बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा
-
अखिल (क्रान्तिकारी) र अनेरास्ववियूबिच एकताका लागि तीन कार्यदल गठन
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण