बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

तिजलाई लैङ्गिक समानता, सामाजिक न्याय र सशक्तीकरणको अवसरका रूपमा आत्मसात् गराैँ : शर्मा

मङ्गलबार, १० भदौ २०८२, १० : ००
मङ्गलबार, १० भदौ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले हरितालिका तिजलाई लैङ्गिक समानता, सामाजिक न्याय र सशक्तीकरणसँग जोडेर आत्मसात् गर्नुपर्ने बताएका छन् ।

नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव, सु–स्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।

उनले प्राचीनकालदेखि नेपाली महिलाहरूले मौलिक सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएको तीजले परम्परा र मूल्यको संरक्षण गर्दै आएको उल्लेख गरेका छन् ।

बदलिँदो समयमा यस पर्वलाई आधुनिक अर्थ दिने आवश्यकता औँल्याउँदै शर्माले भनेका छन्,'तिजलाई लैङ्गिक समानता, सामाजिक न्याय र सशक्तीकरणको अवसरका रूपमा आत्मसात् गर्नु महत्त्वपूर्ण छ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप