मधेसमा दुई पार्टीको प्रस्ताव
सारांश
- लोसपा नेपालका महासचिव मनिष मिश्रले मधेसमा दुई पार्टीको प्रस्ताव ल्याएका छन्।
- उनले लोसपा नेपाललाई तेस्रो ठुलो पार्टी बनाउन संगठन व्यवस्थापनमा जोड दिनुपर्ने बताए।
- महासचिव मिश्रले मधेसमा जसपा र लोसपा गरी दुई पार्टी मात्र हुनुपर्ने धारणा राखेका छन्।
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव मनिष मिश्रले मधेसमा दुई वटा पार्टीको प्रस्ताव पार्टीमा ल्याएका छन् ।
आइतबार र सोमबार दुई दिनसम्म चलेको पार्टीको शीर्ष नेताको बैठकमा उनले लिखित रूपमा सो प्रस्ताव अघि सारेका हुन् । उनले आफ्नो प्रस्तावमा भनेका छन्, ‘नेपालको आधाभन्दा बढी जनघनत्व रहेको ठाउँमा दुई वटा पार्टी व्यवस्थित तवरले अगाडि बढ्ने अवस्था बन्न सक्छ । त्यसमा हामी लोसपा नेपाललाई अगाडि बढाउन सक्छौँ ।’
नेपालको तेस्रो ठुलो पार्टी बनाउनका लागि भन्दै महासचिव मिश्रले विभिन्न सुझावहरू दिएका छन् । नेपालमा कांग्रेस र एमाले पार्टी मात्र व्यवस्थित र संगठित रहेको दाबी गर्दै उनले अवस्थामा लोसपा नेपालले संगठन व्यवस्थापनमा जोड दिनसके पार्टी देशको तेस्रो ठुलो बन्न सक्ने दाबी गरेका छन् ।
उनले मधेसमा दुइटा पार्टी बनाउनुपर्ने प्रस्ताव अघि सारे पनि आफ्नो पार्टीबाहेक अर्को दोस्रो पार्टी कुन हो भन्नेबारे चाहिँ खुलाएका छैनन् । तर महासचिव मिश्र निकट नेताहरूका अनुसार मधेसमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुरको नेतृत्व लोसपा गरी दुइटा पार्टी मात्र रहनुपर्छ ।
यी दुइटै पार्टीमा आ–आफ्नो इच्छा अनुसार अन्य पार्टीहरूलाई मर्ज गर्नुपर्ने महासचिव मिश्रको बुझाई रहेको छ ।
मधेसमा हाल एक दर्जनभन्दा पार्टी क्रियाशील छन् भने चार वटा पार्टी संसदमै छन् । २०८४ को चुनावसम्म मधेसमा अझै केही पार्टी खुल्ने तयारीमा छन् ।
काठमाडौँ, ललितपुर र जुम्लासहित लोसपा नेपालको २३ वटा जिल्लामा पार्टी संगठित छ । यी २३ वटा जिल्लाको वडादेखि पालिकामा केन्द्रित भएर काम गर्न सकियो भने यसको मतले प्रदेश सभा तथा प्रतिनिधि सभामा प्रभाव पर्ने एवं समानुपातिक मत वृद्धि भई देशको तेस्रो ठुलो दल बन्ने महासचिव मिश्रको विश्वास छ । ती जिल्लामा २९५ स्थानीय तह, १२९ गाउँपालिका, १६६ नगरपालिका र दुई हजार ८४२ वडाहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण