राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा न्यौपाने निर्विरोध
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्विरोध निर्वाचित भएकी छन् ।
समिति सभापतिमा उम्मेदवारी दिन सङ्घीय संसद् सचिवालयले तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेपछि मंगलबार निर्विरोध निर्वाचित भएकी हुन् ।
सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सोमबार सार्वजनिक गरेको निर्वाचनको कार्यतालिकामा मंगलबार दिउँसो एक बजेबाट ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो ।
उक्त समयमा कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर न्यौपानेले मात्रै उम्मेदवारी दर्ता गरेकी सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
न्यौपानेको उम्मेदवारीमा प्रस्तावक बनेका खतिवडा यो भन्दा अघि समिति सभापति थिए । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि खतिवडाले सभापति पदबाट गत साउन २८ गते राजीनामा दिएका थिए ।
नेपाली कांग्रेसका शीर्ष नेताहरूको बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेपछि न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त)बाट राजीनामा दिएकी थिइन् ।
न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद हुन् । उनलाई यसअघि कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा पनि उम्मेदवार बनाएको थियो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरसँग उपसभामुखमा पराजित भएकी थिइन् ।
न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् । २०७० सालको कार्यकालमा न्यौपाने कांग्रेसको सचेतक भएर पनि काम गरेकी थिइन् ।
कांग्रेस केन्द्रीय सदस्य न्यौपानेले नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकी थिइन् । न्यौपाने सभापति भएको घोषणा भने बुधबार दिउँसो ३ बजे बस्ने समितिमा घोषणा हुनेछ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले न्यौपानेको मात्रै उम्मेदवारी परेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण