आत्मदाह प्रयासअघि पासवानले भिडियोमार्फत स्वीकारे रुबीकाे हत्या आरोप
सारांश
- रुबी साह हत्या प्रकरणका मुख्य आरोपी लक्ष्मण पासवानले भिडियोमा हत्या स्वीकार गर्दै आमालाई दोषी करार गरेका छन्।
- पासवानले रुबीसँग प्रेम सम्बन्ध रहेको र विवाह गरेको तर परिवारले अस्वीकार गरेको बताएका छन्।
- आत्मदाह प्रयास गरेका पासवानको प्रहरी निगरानीमा उपचार भइरहेको छ।
रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका प्रमुख आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि रेकर्ड गरेको करिब १० मिनेट लामो भिडियो सन्देश सार्वजनिक भएको छ। भिडियोमा उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका छन् भने घटनाको प्रमुख दोषी रुबीकी आमा भएको आरोप लगाएका छन् ।
माधव नारायण नगरपालिका–६ स्थित खेतमा जलेको अवस्थामा फेला परेका पासवानलाई प्रहरीले गम्भीर घाइते अवस्थामा उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर बर्न सेन्टर रेफर गरेको छ।
भिडियोमा पासवानले रुबीसँग कक्षा १० पढ्दादेखि नै प्रेम सम्बन्ध रहेको र दुवैजनाले सर्लाही जिल्ला अदालत र भारतको सीतामढीस्थित अदालतमा प्रेम विवाह गरेको तर दुवै परिवारले सम्बन्ध अस्वीकार गरेको बताएका छन्। उनले रुबीकी आमाले पैसाको प्रलोभनमा परेर छोरीलाई अन्य केटाहरूसँग सम्बन्ध राख्न लगाएको दाबीसमेत गरेका छन्।
गत शनिवार राति गौरमा सुटकेसभित्र रुबीको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको सुई पासवानतर्फ गएपछि उनी फरार थिए। आत्मदाह अघि उनले भिडियोमार्फत आफू र रुबीबिच लामो समय कुराकानी भएको र दुवैजनाले मर्ने निर्णय गरेको पनि बताएका छन्।
“रुबीलाई आमाले अरूसँग विवाह गराइन्, मसँग बस्न दिएनन्। अब म पनि बाँच्न चाहन्नँ,” उनले भिडियोमा भनेका छन्। साथै, पक्राउ परेका रिक्सा चालक निर्दोष रहेको भन्दै उसलाई दोष नदिन पासवानले आग्रह गरेका छन्।
हाल घाइते अवस्थामा रहेका पासवानको प्रहरी निगरानीमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण