भारतबाट ४० हजार मेट्रिक टन गहुँ आयातका लागि प्रस्ताव आह्वान
सारांश
- उद्योग विभागले भारतबाट ४० हजार मेट्रिक टन गहुँ आयात गर्न खाद्य तथा मैदा उद्योगहरूलाई प्रस्ताव आह्वान गरेको छ।
- विभागले ७ दिनभित्र प्रस्ताव पेश गर्न र गहुँ आयात सुनिश्चित गर्ने उद्योगलाई मात्र कोटा दिने जनाएको छ।
- आयात नगर्ने उद्योगलाई कोटा नदिने र स्वीकृत योजनाको २५ प्रतिशतभन्दा बढी नहुने गरी कोटा वितरण गरिनेछ।
काठमाडौँ । उद्योग विभागले भारत सरकारमार्फत भारतीय कम्पनी नेशनल कोअपरेटिभ एक्सपट्र्स लिमिटेड (एनसीएल) बाट ४० हजारमेट्रिक टन गहुँ आयात गर्नका लागि खाद्य तथा मैदा उद्योगहरूबाट प्रस्ताव आह्वान गरेको छ । विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै यसका लागि इच्छुक उद्योगहरूलाई सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।
विभागकाअनुसार तोकिएको समयावधिभित्र गहुँ आयात गर्ने सुनिश्चितता गरेका उद्योगहरूलाई मात्र कोटा वितरण गरिने जनाएको छ ।
यसअघि कोटा प्राप्त गरी हालसम्म गहुँ आयात नगरेका उद्योगहरूलाई कोटा प्रदान गरिने छैन ।
उद्योगको स्वीकृत योजना को २५ प्रतिशतभन्दा बढी नहुने गरी कोटा प्रदान गरिनेछ। पर्याप्त माग नआएमा बाँकी कोटा सोही अनुसार बाँडफाँड गरिनेछ ।
उद्योग प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेको हुनुपर्नेछ । उद्योगको वार्षिक योजनामा कच्चा पदार्थको रूपमा गहुँ प्रयोग गर्ने उल्लेख हुनुपर्नेछ र सोही योजना अनुसार आयात गर्नुपर्नेछ ।
भारतको एनसीएललाई अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा वित्तीय स्रोतको सुनिश्चितता भएको आधार पेस गर्नुपर्नेछ । साथै कोटा प्राप्त भएपछि ३ महिनाभित्र गहुँ आयात गरिसक्नुपर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण