‘नो हेलमेट, नो फ्युल’ अभियान कडाइका साथ कार्यान्वयन गर्न मुख्यमन्त्रीको निर्देशन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ‘नो हेलमेट, नो फ्युल’ अभियानलाई कडाइ साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
उनले हेलमेट प्रयोग नगर्नेलाई इन्धन नदिने अभियानमा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री बानियाँले उक्त अभियान कार्यान्वयन गर्न नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको बागमती प्रदेश समितिलाई पत्राचार गरिने बताए ।
अभियानको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि जिल्ला प्रशासन कार्यालयहरू र सुरक्षा निकायहरूलाई समेत जिम्मेवारी तोकिएको छ ।
एसोसिएसनले आफ्ना सदस्य पेट्रोल पम्पहरूमा ‘नो हेलमेट, नो फ्युल’ सम्बन्धी सचेतनामूलक सन्देश–बोर्ड राख्ने व्यवस्था मिलाउन मुख्यमन्त्री बानियाँको निर्देशन रहेको छ ।
प्रदेशमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न सुरक्षा निकाय र सरोकारवालाहरूसँगको सहकार्यमा कडा कदम चाल्न उनले निर्देशन दिएका छन् ।
त्यसका अतिरिक्त, सवारी चालकले मादक पदार्थ (मा.प.से.) र लागू पदार्थ सेवन (ला.प.से.) गरे/नगरेको जाँचलाई नियमित र कडा बनाउन, सवारी दुर्घटनामा कमी ल्याउन र ट्राफिक सचेतना अभिवृद्धि गर्न सम्बन्धित सबै निकायलाई समन्वयात्मक ढङ्गले प्रभावकारी रूपमा काम गर्न उनले निर्देशन दिएका छन् ।
कार्यक्रममा नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका तर्फबाट बागमती प्रदेशभित्रको सवारी दुर्घटनाको अवस्था र यसका कारणहरूबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण