महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन
बुधबार, ११ भदौ २०८२, २२ : १४
सारांश
- सप्तरीको महदेवा गाउँपालिकाका पूर्व अध्यक्ष दीपककुमार यादवको निधन भएको छ ।
- उनी जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार थिए र क्यान्सरबाट पीडित थिए ।
- यादवको निधनप्रति जसपा सप्तरीले दुःख व्यक्त गरेको छ, उनी विभिन्न आन्दोलनमा सक्रिय थिए ।
सप्तरी । सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८ वर्षको उमेरमा आज निधन भएको छ ।
महदेवा गाउँपालिका–३, बथनाहा निवासी यादव जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार थिए । लामो समयदेखि उनी क्यान्सर रोगबाट पीडित रहेका थिए ।
चिकित्सकको निगरानीमा उपचाररत रहेका उनको आफ्नै निवासमा निधन भएको जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिए ।
यसैबिच यादवको निधनप्रति जसपा सप्तरीले गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ । प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र मधेस आन्दोलनमा समेत उनले सक्रिय सहभागिता जनाएका थिए । उनका एक छोरा, एक छोरी र पत्नी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
-
काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला
-
बोनम्यारो’ पीडित बालक बिपिनको उपचार खर्च जुटाउन नसकेर परिवार तनावमा
-
अखिल (क्रान्तिकारी) र अनेरास्ववियूबिच एकताका लागि तीन कार्यदल गठन
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण