कैलालीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
बिहीबार, १२ भदौ २०८२, ०७ : २०
सारांश
- कैलालीको कर्णाली चिसापानीमा पछिल्लो ३ घण्टामा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ।
- जल तथा मौसम विज्ञान विभागले खोलाको जलस्तर बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
- देशभर मनसुनी वर्षाको सम्भावना रहेको र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको पूर्वानुमान छ।
काठमाडौँ । पछिल्लो ३ घण्टामा कैलालीको कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागले बिहीबार बिहान ५:५० बजे जारी गरेको सूचना अनुसार सो क्षेत्र भएर बग्ने साना खोलाहरूको जलस्तर बढ्न सक्ने सम्भावना छ। तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ। खोला किनारमा नजिक नजान र सुरक्षित स्थानमा रहन पनि विभागले सुझाव दिएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। बिहीबार देशका पहाडी भू-भागका धेरै स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशकाे तराइका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण