अर्जेन्टिनाका राष्ट्रपतिमाथि ढुंगा र बोतल प्रहार
सारांश
- अर्जेन्टिनाका राष्ट्रपति जाभियर माईलीलाई चुनावी प्रचारका क्रममा प्रदर्शनकारीहरूले ढुंगा र बोतल प्रहार गरे।
- आक्रमणपछि राष्ट्रपति माईलीलाई सुरक्षा निकायले सुरक्षित स्थानमा लगिएको थियो, र समर्थक र विरोधीबीच झडप भएको थियो।
- राष्ट्रपति माईलीले विपक्षीलाई हिंसामा संलग्न भएको आरोप लगाएका छन् र आगामी चुनावमा आफ्नो प्रभाव विस्तार गर्ने लक्ष्य राखेका छन्।
बुएनोस आयर्स । अर्जेन्टिनाका राष्ट्रपति जाभियर माईलीलाई मध्यावधि निर्वाचन प्रचारका क्रममा आक्रमण भएपछि सुरक्षा निकायले सुरक्षित स्थानतर्फ लगेका छन्।
बुएनोस आयर्सको लोमास दे जामोरामा चुनावी अभियानका क्रममा गाडीको पछाडिबाट हात हल्लाइरहेका बेला माईलीमाथि प्रदर्शनकारीहरूले ढुंगा र बोतल प्रहार गरेका थिए। कम्तीमा एक ढुंगा गाडीको बोनटमा लागेको र अरू वस्तुहरू पनि उनको टाउकोमाथि फ्याँकिएको देखिएको बताइन्छ।
घटनापछि उनका समर्थक र विरोधीबिच धक्का-मुक्की भएको र एक समर्थकको छातीमा चोट लागेको एएफपी समाचार एजेन्सीले जनाएको छ। तर राष्ट्रपति कार्यालयका प्रवक्ता म्यानुअल अडोर्नीले भने कसैलाई गम्भीर चोट नलागेको बताएका छन्।
घटनापछि राष्ट्रपति माईलीले सामाजिक सञ्जालमा आफ्नो ‘थम्ब्स अप’ फोटो पोष्ट गर्दै विपक्षीलाई हिंसामा संलग्न भएको आरोप लगाएका छन्। उनलाई प्रहरीले सुरक्षित स्थानतर्फ लगेको थियो।
माईली त्यतिबेला आफ्नी प्रमुख सल्लाहकार तथा बहिनी करिना माईलीसहित अभियानमा सहभागी थिए। उनले समर्थकसँग भेटघाट गर्दै पुस्तकमा हस्ताक्षर गरिरहँदा आक्रमण भएको हो।
राष्ट्रपति कार्यालयले ढुंगा र बोतल फ्याँक्नेहरू विपक्षी दलका समर्थक भएको दाबी गरेको छ। लोमास दे जामोरा परम्परागत रूपमा विपक्षी पेरोनिस्टहरूको गढ मानिन्छ।
बुएनोस आयर्स प्रान्तमा आगामी सेप्टेम्बर ७ मा स्थानीय चुनाव र अक्टोबर २६ मा मध्यावधि निर्वाचन हुँदैछन्, जसलाई राष्ट्रपति माईलीले विपक्षी क्षेत्रहरूमा आफ्नो प्रभाव विस्तार गर्ने अवसरका रूपमा हेरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण