आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
गजल

यो जीवन आज पीरमा भेटियो

बिहीबार, १२ भदौ २०८२, १० : २५
बिहीबार, १२ भदौ २०८२

यो जीवन आज पीरमा भेटियो
सम्हाल्नै खोज्दा भिरमा भेटियो ।

रमाउँदै थिएँ खुसी हुँदै थिएँ
हाँस्नै लाग्दा, झिरमा भेटियो ।

सँगै जिउने मर्ने कसम छन् ताजै
साथ नभई दुई तीरमा भेटियो ।

पक्षीजस्तै खुला उड्ने रहर
पूरा भएनन्, जन्जिरमा भेटियो ।

खुसी र सुख चाहना अरूको झैँ
रहेन सधैँ दुःख, दक्दिरमा भेटियो ।

बस्नेत काजी भारद्वाज
नारायण नगरपालिका– ७, दैलेख, बिजौरा ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बस्नेत काजी भारद्वाज
बस्नेत काजी भारद्वाज
लेखकबाट थप