शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाजिरको ‘गुन्यु चोलो’को अग्रिम टिकट बुकिङ खुला

बिहीबार, १२ भदौ २०८२, १२ : ००
बिहीबार, १२ भदौ २०८२

सारांश

  • भोलिबाट प्रदर्शनमा आउने फिल्म 'गुन्यु चोलो : द ड्रेस'को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ।
  • फिल्मले काठमाडौंमा १४ शो पाएको छ, तर अन्य फिल्मको कारण शो संख्या केही कम भएको छ।
  • 'गुन्यु चोलो : द ड्रेस' लैंगिक अल्पसंख्यक पात्रको कथामा आधारित छ, जसमा नाजिर हुसेन मुख्य भूमिकामा छन्।

काठमाडौँ । ‘गुन्यु चोलो : द ड्रेस’ भोलि (शुक्रबार)बाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको अग्रिम टिकट बुकिङ खुला भएको छ । अग्रिम टिकट बुकिङमा फिल्मले सन्तोषजनक शो पाएको छ ।

अघिल्लो सातामा रिलिज भएको ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’ र आजबाट रिलिजमा आएको ‘कोशेढुंगा’लगायत फिल्म हलमा रहेको कारण ‘गुन्यु चोलो : द ड्रेस’को शो केही बिभाजन भएको पनि छ ।

फिल्मलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा मात्रै शुक्रबारलाई १४ शो छुट्टयाएको छ । दर्शक उल्लेख्य पाउँदा यो शो संख्या कम होइन । दर्शकले फिल्म मन पराएको खण्डमा शो बढ्नेछ । अन्य हलहरुले पनि धमाधम शो खुल्ला गर्दै रहेका छन् ।

समुन्द्र भट्टको निर्देशन रहेको ‘गुन्यु चोलो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्ममा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।

फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी लगायतको अभिनय छ । फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम विदेशमा गरिएको हो । फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । फिल्मको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सहयोगी निर्मातामा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप