वीरगञ्जमा परीक्षण गरिएको सबै पानी ‘नेगेटिभ’, हैजा फैलाउने जीवाणु फेला परेन
सारांश
- वीरगञ्ज महानगरपालिकाको प्रयोगशालामा गरिएको पानी परीक्षणमा झाडापखाला फैलाउने जीवाणु फेला परेन।
- हैजा प्रभावित वडाका धाराबाट लिइएका नमुनाको नतिजा नेगेटिभ आएको छ, जसमा इ.कोली जीवाणु थिएन।
- महानगरले सङ्क्रमण नियन्त्रणका लागि आफ्नै प्रयोगशालामा पानी परीक्षणलाई तीव्रता दिएको छ।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आफ्नै प्रयोगशालाबाट गरेको सङ्क्रमित स्थलको पानी परीक्षणमा झाडापखाला फैलाउने जीवाणु नरहेको पुष्टि भएको छ ।
हैजा प्रभावित वडा नम्बर १०, ११ र १२ का सात स्थानका धाराबाट लिइएका सबै नमुनाको प्रतिवेदन ‘नेगेटिभ’ आएको हो ।
पछिल्ला दिनमा झाडापखाला तथा हैजाको सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि महानगरले तत्कालीन जोखिमलाई ध्यानमा राख्दै आफ्नै प्रयोगशालामा पानी परीक्षण सुरु गरेको थियो ।
महानगरले हैजा प्रभावित वडा नम्बर १०, ११ र १२ का विभिन्न सात स्थानका धाराबाट पानीको नमुना सङ्कलन गरी परीक्षण गरेको थियो ।
तीमध्ये तीन वटा बोरिङ र चार वटा खानेपानी संस्थानका धाराबाट नमुना सङ्कलन गरिएको थियो । सबै सात नमुनामा झाडापखाला फैलाउने इ.कोली जीवाणु फेला नपरेको महानगरले जनाएको हो ।
यसअघि मधेस प्रदेश प्रयोगशालामा पठाइएका १० वटा नमुनामा पनि जीवाणु फेला नपरेको पुष्टि भएको थियो ।
वडा नम्बर १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै स्थापना गरिएको आधुनिक प्रयोगशालाबाट हाल परीक्षण भइरहेको छ ।
माइक्रोबायोलोजिष्ट अजय मण्डलको प्राविधिक नेतृत्वमा भइरहेको परीक्षणमा हाल इ.कोली परीक्षण गरिएको हो ।
युनिसेफको सहयोगमा कोलीफर्म परीक्षण पनि सुरु भएको छ। यसको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ ।
महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शङ्कास्पद क्षेत्रमा पुगेर धाराको पानी सङ्कलन गर्दै नियमित परीक्षण गर्ने कामलाई तीव्रता दिएको छ ।
कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्नेबारे यथाशीघ्र जानकारी प्राप्त गर्न र तत्काल आवश्यक कदम चाल्न सहज हुने भएकाले महानगरले आफ्नै स्तरमा परीक्षण अघि बढाएको हो ।
महानगर प्रमुख राजेशमान सिंहले सङ्क्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको उल्लेख गर्दै सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता भएको बताए ।
उनका अनुसार नागरिकलाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले आफ्नै प्रयोगशालाबाट परीक्षण सुरु गरिएको बताए ।
अत्यधिक प्रभावित क्षेत्रमा प्रयोग हुने धारामा प्राथमिकता दिँदै परीक्षण भइरहेको छ भने आवश्यकता अनुसार अन्य शङ्कास्पद स्थानका नमुनासमेत सङ्कलन गरी परीक्षण गरिने महानगरले जनाएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण