नेपाल ‘ए’ पहिलो खेलमा आसामसँग पराजित
सारांश
- नेपाल 'ए' आसाम प्रदेश क्रिकेट संघसँगको पहिलो अभ्यास खेलमा डक वर्थ लेविस (डीएसएल) पद्धतिको आधारमा १५ रनले पराजित भयो।
- आसामले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाउँदा वर्षाले खेल रोकियो र आसामलाई विजयी घोषणा गरियो।
- आसामका लागि सुमित घाडीगाँउकरले ३४ रन बनाए भने नेपालका आकाश चन्दले ३ विकेट लिए।
काठमाडौँ । नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट संघसँग पराजित भएको छ। बिहीबार सम्पन्न खेलमा नेपालले डक वर्थ लेविस (डीएसएल) पद्धिका आधारमा १५ रनको हार ब्यहोरेको हो ।
आसाममा घरेलु टोलीले दिएको १९१ लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ गुमाएर ६४ रन बनायो । यसै स्कोरबाट वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल खेलाउन सम्भव नभएपछि आसमलाई विजेता घोषणा गरिएको हो ।
खेल रोकिनुअघि शुभ कंसाकार ३३ र सन्दीप जोरा दुई रन बनाएर खेलिरहेका थिए । यसैगरी कप्तान अनिलकुमार साह २० बनाए । आसामका लागि मरिनमोय दत्त र आकाश सेनगुप्ता समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १९० रनको योगफल तयार पारेको थियो । आसामका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ताले अविजित २४, रोहित शेनले २४, सुमित काश्यपले २२ रनको योगदान गरे ।
नेपालका लागि आकाश चन्दले तीन, सागर ढकाल र विवेककुमार यादवले समान दुई तथा आदिल आलम अन्सारीले एक विकेट लिए । यससँगै पाँच खेलको शृंखलामा नेपाल १० ले पछि परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण