इरानी ‘ब्ल्याक विडो’ : कतिवटा श्रीमानलाई विष खुवाएर हत्या गरिन्, आफैँलाई सङ्ख्या छैन याद
सारांश
- इरानकी एक महिलाले ११ जना श्रीमानको विष दिएर हत्या गरेको स्वीकार गरेकी छन्, तर उनले संख्या अझ बढी हुनसक्ने बताएकी छिन्।
- अकबारीले सन् २००० देखि २०२३ सम्म वृद्ध र अस्वस्थ पुरुषहरुसँग विवाह गरी उनीहरुलाई विष दिएर मारेकी थिइन्, जसलाई प्राकृतिक मृत्यु देखाइएको थियो।
- प्रहरीले अनुसन्धानपछि उनको अपराध पत्ता लगाएको हो, र उनलाई मृत्युदण्डको सजाय हुनसक्ने बताइएको छ।
तेहरान । इरानकी ५६ वर्षीय कोल्सुम अकबारीमाथि २२ वर्षको अवधिमा आफ्ना ११ श्रीमानलाई विष खुवाएर हत्या गरेको आरोप लागेको छ। तर, उनी स्वयंले पीडितको सङ्ख्या अझ बढी हुनसक्ने भन्दै ठ्याक्कै कति जनालाई मारेको थाहा नभएको दाबी गरेकी छन्।
अकबारीले सन् २००० देखि २०२३ सम्म क्रमशः वृद्ध तथा अस्वस्थ पुरुषहरूसँग विवाह गरी, मधुमेहका औषधि, रक्तचाप नियन्त्रण गर्ने औषधि, निन्द्रा ल्याउने चक्की र औद्योगिक मदिरा प्रयोग गरेर हत्या गर्दै आएकी थिइन्। यी हत्या प्राकृतिक कारणले ज्यान गएकोजस्तो देखिने भएकाले वर्षौँसम्म कसैलाई शङ्का लागेको थिएन।
अन्ततः उनका पछिल्ला पति ८२ वर्षीय घोलामरेजा बाबाईको छोराले शङ्का गर्दै प्रहरीलाई खबर गरेपछि उनको अपराध उजागर भएको हो। अनुसन्धानपछि अकबारीले ११ जनाको हत्या गरेको स्वीकार गरिन् तर उनले सो सङ्ख्या १३ वा १५ हुनसक्ने भन्दै आफूलाई ठ्याक्कै याद नभएको बताएकी छन्।

उनले सुरुमा गरिब जीवन र हिंसात्मक वैवाहिक अनुभवपछि धनी वृद्ध पुरुषहरूसँग विवाह गर्ने निर्णय लिएकी थिइन्। विवाहपश्चात् पीडितहरूको सम्पत्ति आफ्नो नाममा ल्याउने उद्देश्यले हत्या गर्ने गरेको अभियोजन पत्रमा उल्लेख छ। अधिकांश सम्पत्ति उनले आफ्नी छोरीको नाममा स्थानान्तरण गरेकी थिइन्।
६९ वर्षीय मिराह्मद ओमरानी, ६२ वर्षीय इस्माइल बख्शी र ८३ वर्षीय गन्जाली हम्जेईलगायत अकबारीका श्रीमान् विवाह भएको केही सातामै मृत भेटिएका थिए। तर, उनका एक पति मासीह नेमाती भने २०२० मा भएको विष दिने प्रयासबाट बाँच्न सफल भएका थिए।
अहिलेसम्म अकबारीविरुद्ध ११ वटा योजनाबद्ध हत्याको मुद्दा र एउटा हत्या प्रयासको मुद्दा दायर गरिएको छ। दोषी ठहर भएमा उनलाई मृत्युदण्ड सजाय हुनसक्छ। यस प्रकरणमा ४५ भन्दा बढी वादीहरू सहभागी भएका छन्।
अदालतले सबै वादीहरूको बयान सुनेपछि मात्र अन्तिम फैसलामा पुग्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण