विदेशी हस्तक्षेपविरुद्ध सात राजनीतिक दलले काठमाडौँमा विरोध प्रदर्शन गर्दै
सारांश
- सात राजनीतिक दलले विदेशी हस्तक्षेप र साम्राज्यवादविरुद्ध संयुक्त आन्दोलनमा आउन आह्वान गरेका छन्।
- दलहरूले सुगौली सन्धिदेखि एमसीसीसम्मका सम्झौताहरूमा शासकहरूको संलग्नता रहेको आरोप लगाएका छन्।
- भारत र चीनले लिपुलेक मार्गबाट व्यापार सम्झौता गरेपछि दलहरूले विरोध जनाएका छन् र खारेज गर्न माग गरेका छन्।
काठमाडौँ । विभिन्न सात राजनीतिक दलले विदेशी हस्तक्षेप र साम्राज्यवाद विरुद्ध संयुक्त आन्दोलनमा आउन अपिल गरेका छन् । सन् १८१६ मा भएको सुगौली सन्धि हुँदै एमसीसी सम्झौतासम्म आइपुग्दा नेपालका शासकहरूको प्रत्यक्ष र परोक्ष सहभागिता रहेको भन्दै उनीहरूले विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका हुन् ।
यस्तै भदौ ३ गते नेपाललाई कुनै जानकारी नदिई भारत र चीनले लिपुलेक मार्गबाट हुने सीमा पार व्यापार सम्झौता खारेज गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, समाजवादी कम्युनिस्ट पार्टी नेपाल, श्रमिक जनता पार्टी, नेपाल, ग्रेटर नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी), नेकपा (विद्रोही), नयाँ जनवादी मोर्चा नेपालले शुक्रबार संयुक्त विरोध कार्यक्रम गर्दैछ ।
सन् १८१६ को सुगौली सन्धि, सन् १९५० को असमान सन्धि, कोशी–गण्डक सम्झौता, टनकपुर सम्झौता, महाकाली सन्धि, विप्पा सम्झौता, एमसीसी सम्झौता आदिमा नेपालका शासक प्रत्यक्ष–परोक्ष रूपमा त्यसमा सहभागी छन् ।
यसै सिलसिलामा भारत (इन्डिया) र चीन सरकारबिच यही भदौ ३ गते कालापानी लिपुलेक पासबाट व्यापारिक मार्ग खोल्ने भनी गरिएको सहमतिले नेपालको स्वाधीनता, आत्मनिर्णय र भौगोलिक अखण्डताविरुद्ध रणनीतिक हस्तक्षेप गरेको छ, त्यसलाई भारत र चीनले अविलम्ब खारेज गर्नुपर्छ’, शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण