दक्षिण कोरियामा पूर्वप्रधानमन्त्री र पूर्वप्रथम महिलाविरुद्ध अभियोग दर्ता
सारांश
- दक्षिण कोरियाका विशेष अभियोजकहरूले पूर्वराष्ट्रपति युन सुक-योलकी पत्नी र पूर्वप्रधानमन्त्रीविरुद्ध फौजदारी अभियोग दायर गरेका छन्।
- पूर्वप्रथम महिला किम क्योन-हीलाई घुस लिएको र सेयर बजारमा चलखेल गरेको आरोप लागेको छ।
- पूर्वप्रधानमन्त्री हान डुक-सूलाई झुटो बयान दिएको र सरकारी कागज पत्रलाई झुटो बनाएको आरोप लगाइएको छ।
सोल । दक्षिण कोरियाका विशेष अभियोजकहरूले शुक्रबार जेलमा परेका पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम क्योन–ही र पूर्वप्रधानमन्त्री हान डुक–सूविरुद्ध फौजदारी अभियोग दायर गरेका छन् ।
पूर्वप्रथम महिला क्योन–ही र हान विरुद्धको अभियोग राष्ट्रपति ली जे–म्युङको सरकारले सञ्चालन गरिरहेको विशेष अभियोजक अनुसन्धानको एक हिस्सा हो । यी अभियोगहरूले युनको राष्ट्रपतित्वलाई लक्षित गरेका छन् ।
युनलाई अप्रिलमा पदबाट हटाइएको थियो । उनीमाथि गत वर्ष डिसेम्बरमा देशमा मार्सल ल लगाउन आदेश दिएको अनि देशलाई संवैधानिक सङ्कटको अवस्थामा लगेको आरोप छ । क्योन– हिलाई घुस लिएको र सेयर बजारमा चलखेल गरेको लगायत आरोप लगाइएको छ ।
हानलाई भने झुटो बयान दिएको अनि सरकारी कागज पत्रलाई झुटो बनाएको लगायतको आरोप लगाइएको छ । कयौँ हप्तादेखि अभियोजकहरूको विशेष टोलीले हानमाथि छानबिन गरिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण