मधेसको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा भौतिक पूर्वाधारमन्त्री यादवलाई
शुक्रबार, १३ भदौ २०८२, १४ : १३
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्री तोकेका छन्।
- मुख्यमन्त्री सिंह स्वीटजरल्याण्डमा आयोजना हुने कार्यक्रममा भाग लिन जाँदै छन्।
- मुख्यमन्त्री सिंह अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म स्वीटजरल्याण्डमा हुने कार्यक्रममा सहभागी हुनेछन्।
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई तोकेका छन् ।
स्वीटजरल्याण्डमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन आफू त्यसतर्फ जानुपर्ने भएको भन्दै मुख्यमन्त्री सिंहले मन्त्री यादवलाई कार्यभार तोकेका हुन् । यही अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन मुख्यमन्त्रीसिंह त्यसतर्फ प्रस्थान गरेका छन् ।
‘म फर्कि नआउन्जेलसम्मका लागि तपाईंलाई मधेस प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको व्यहोरा जानकारी गराउँछु,’ मुख्यमन्त्री सिंहले बिहीबारको मितिमा लेखेको पत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण