शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रतिपक्षीको अवरोधले मधेस प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

शुक्रबार, १३ भदौ २०८२, १६ : ०५
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • मधेस प्रदेश सभाको बैठक विपक्षी दलहरूको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भयो।
  • अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग्दै विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका थिए।
  • विपक्षी दलहरूले बजेटमा त्रुटि भएको र बिचौलिया हावी भएको आरोप लगाएका छन्।

जनकपुरधाम । मधेस प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूको अवरोधका कारण शुक्रबारको बैठक स्थगित भएको हो ।

अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले बैठक अवरुद्ध गरेका हुन् । नेकपा एकीकृत समाजवादीका सांसद कनिश पटेलले बजेट त्रुटिपूर्ण रहेको र बहुमतको निर्णयले पास गरिएको भन्दै अर्थमन्त्रीको राजीनामा मागे ।

त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीको आरोपलाई प्रतिवाद गर्दै सर्वदलीय बैठकमा नआई सदन अवरुद्ध गर्न नहुने उल्लेख गरे । यो विवादपछि सभामुख रामचन्द्र मण्डलले बैठक अर्को सूचना नआउन्जेलसम्म स्थगित गर्ने निर्णय गरेका थिए ।

प्रतिपक्षी दलहरूले दुई दिनदेखि सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएका छन् । प्रतिपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी, राप्रपा तथा नागरिक उन्मुक्ति पार्टीले मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा बिचौलिया हावी भएको र कैयौँ त्रुटि रहेको आरोप लगाउँदै सदन चल्न नदिने रणनीति अपनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप