विधि विज्ञान प्रयोगशाला विधेयक २०८१ सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस
शुक्रबार, १३ भदौ २०८२, १७ : ००
काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा समितिकी सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन पेस गरेकी हुन् ।
सो विधेयक उपर २९ जना सांसदहरूले ७१ वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका थिए । त्यस उपर विज्ञ र सरोकारवाला निकायहरूसँग पनि छलफल गरेर प्रतिवेदन तयार परिएको पनि समितिकी सभापति दाहालले बताइन् । प्रस्तुत विधेयकले विधि विज्ञान सम्बन्धी अध्ययन अनुसन्धान परीक्षणलाई प्रभावकारी र विश्वसनीय, विशिष्टीकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण