मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
संसद् बैठक

भूमि विधेयक प्रतिनिधिसभाबाट पारित, अबको प्रक्रिया के हुन्छ ?

शुक्रबार, १३ भदौ २०८२, १८ : १५
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • प्रतिनिधिसभाले भूमि विधेयक बहुमतले पारित गरेको छ।
  • विधेयकले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने लक्ष्य राखेको छ।
  • अब यो विधेयक राष्ट्रिय सभामा जानेछ र राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बन्नेछ।

काठमाडौँ । भूमि विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्ताव गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । 

यसअघि उक्त विधेयक संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफल भएर फर्किएको थियो । 

यो विधेयकले खासगरी देशभरका ११ लाख भन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न तथा घरजग्गा कारोबार गर्ने व्यवसयीलाई दलबन्दीभन्दा धेरै जग्गाको किनबेचका लागि खुला गर्ने विषयमा केन्द्रित रहेको छ । 

प्रतिनिधिसभाबाट पारित भएसँगै अब उक्त विधेयक राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले उक्त विधेयक पारित गरी फिर्ता गरेपछि गरेपछि प्रतिनिधिसभाले प्रमाणीकरणका राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ । 

राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि उक्त विधेयकले ऐनको मान्यता पाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप