काठमाडौँजस्तै अब भक्तपुर र ललितपुरका सडक पोलमा पनि 'स.वि.' लेखिने
सारांश
- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सडक डिभिजन विभागको कार्यशैलीप्रति व्यंग्य गरेका छन्।
- सडक विभागले आफ्नो क्षेत्राधिकार जनाउन भक्तपुर र ललितपुरमा पनि यस्तै कार्य गर्ने भएको छ।
- बैठकमा सडक खाल्डाखुल्डीमुक्त बनाउने र फुटपाथमा पैदल यात्रुका अवरोध हटाउने निर्णय गरियो।
काठमाडौँ । ‘डियर स.वि. जीवन यस्तो होस् तिमीलाई सम्झिने मात्र काम होस् माया यस्तो होस् भित्ता–भित्तामा तिम्रो नाम होस् ।’
काठमाडौँका सडकका पोलपोलमा आफ्नो क्षेत्राधिकार जनाउन सडक डिभिजन विभागले स.वि. लेखेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले व्यङ्ग्यात्मक रूपमा लेखेको स्टाटस हो यो । सडक विभागले भने अब यो कार्यलाई भक्तपुर र ललितपुरमा समेत विस्तार गर्ने भएको छ ।
शुक्रबार सडक विभागका महानिर्देशक समेतको उपस्थितिमा सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँका सुपरिन्टेन्डेन्ट इन्जिनियरको अध्यक्षतामा बसेको विभिन्न पक्ष सम्मिलित समन्वय समितिको बैठकमा सडक डिभिजन भक्तपुर र ललितपुरले एक महिनाभित्र यस्तो लेखिसक्ने जनाएका हुन् । सडकमा आफ्नो कार्यक्षेत्र प्रस्ट्याउन यसो गर्न लागिएको विभागले जनाएको छ ।
अहिले सडक सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र पर्छ । सङ्घले गरेका कामलाई देखाएर स्थानीय तहले जस लिने गरेको भन्दै काठमाडौँले यसअघि क्षेत्राधिकार जनाउन यसो गरेको थियो ।
शुक्रबारको बैठकले काठमाडौँ उपत्यकाभित्रका सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने, फुटपाथमा पैदल यात्रुका अवरोध हटाउने लगायतबारे निर्णय भएको विभागले जनाएको छ ।
उक्त बैठकमा सडक डिभिजन काठमाडौँ, सडक डिभिजन ललितपुर, सडक डिभिजन भक्तपुर, काठमाडौँ चक्रपथ सुधार योजना, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ उपत्यका विकास प्राधिकरण, आयोजना कार्यान्वयन निर्देशनालय, नेपाल टेलिकम, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लगायतका समन्वय समितिका सदस्य उपस्थित थिए ।
साथै अर्को पटकदेखि बैठकदेखि समन्वय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय समेत बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण