पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ
शनिबार, १४ भदौ २०८२, १० : ५६
सारांश
- धनगढीको एक होटलबाट ५ किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालक पक्राउ परेका छन्।
- बझाङका राम बोहरा, जो धनगढीको जयराम होटलका सञ्चालक हुन्, चरेशसहित पक्राउ परेका हुन्।
- प्रहरीले धनगढीका विभिन्न स्थानबाट चार ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित अन्य चार जनालाई पनि पक्राउ गरेको छ।
कैलाली । धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई उक्त चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनका अनुसार बोहराको होटलमा शङ्का लागि चेकजाँच गर्दा चरेश फेला परेकाले निजलाई नियन्त्रणमा लिइएको हो । त्यसैगरी जिल्लाका विभिन्न स्थानबाट चार ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक जोशीले बताए ।
आवश्यक कारबाहीको लागि उनीहरूलाई यस कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण