बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तीन भाइले १४० दिनमा प्रशान्त महासागर पार गर्दै बनाए नयाँ रेकर्ड

शनिबार, १४ भदौ २०८२, २१ : ५७
शनिबार, १४ भदौ २०८२

सारांश

  • स्कटल्याण्डका तीन दाजुभाइले पेरुबाट अष्ट्रेलियासम्म डुङ्गामा यात्रा गरी नयाँ कीर्तिमान बनाए।
  • उनीहरूले १४० दिन समुद्रमा बिताए र यात्राको क्रममा आँधीको सामना गरे, जसमा एक जना डुङ्गाबाट खसेका थिए।
  • अस्ट्रेलियाको केर्न्समा पुगेपछि परिवार र साथीहरूले उनीहरूलाई न्यानो स्वागत गरे र आरामको लागि पिज्जा खाने इच्छा व्यक्त गरे।

एडिनबरा । स्कटल्याण्डको राजधानी एडिनबरा निवासी तीन भाइले नरोकी र बिना बाहिरी सहयोग प्रशान्त महासागर पार गरी नयाँ कीर्तिमान कायम गरेका छन्।

जेमी, इवान र लाकलान म्याक्लिन नामका यी तीन भाइले करिब ९ हजार माइल (१४ हजार ४८४ किलोमिटर) दूरी पेरूबाट अष्ट्रेलिया सम्म डुङ्गामार्फत पूरा गरेका हुन्। यो साहसिक यात्रामा उनीहरूले भीषण आँधीको सामना गर्नुपर्‍यो। एक अवसरमा ठूलो छालले लाकलानलाई डुङ्गाबाट बाहिरै बगाएको थियो तर तत्कालै उनीलाई उद्धार गरिएको थियो।

करीब १४० दिन समुद्रमा बिताएपछि जब उनीहरू अस्ट्रेलियाको केर्न्स शहर पुगे, परिवार र साथीहरूको स्वागतले उनीहरू उत्साहित बने। उनीहरूले भने, ‘अब हामीहरूलाई बस पिज्जा खानु छ र आरामसँग निदाउनु छ।’

बीबीसीसँग कुरा गर्दै इवानले भने, ‘अहिले पनि अलिकति अनौठो लागेको छ। जमिनमा पाइला टेकाउन केही समय लाग्ला तर केर्न्समा पाएको न्यानो स्वागत अद्भुत छ।’

जेमीले यो यात्रा शारीरिक र मानसिक रूपमा निकै कठिन भएको स्वीकार गर्दै भने, ‘तर हामी एक बलियो टिमका रूपमा उभियौँ र यस चुनौतीलाई पार गर्न सफल भयौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप