भक्तपुर र पोखराबाट जुवातास खेलिरहेका १३ जना पक्राउ
आइतबार, १५ भदौ २०८२, १३ : १३
सारांश
- भक्तपुर र कास्कीमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन्।
- भक्तपुरमा ४१ हजार नेपाली रुपैयाँ र ३ हजार ७ सय भारतीय रुपैयाँसहित ५ जना पक्राउ परेका छन्।
- कास्कीमा १ लाख २१ हजार ४ सय २५ रुपैयाँ र १ बुक ताससहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ । भक्तपुर र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-१ दधिकोट तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार नेपाली रुपैयाँ, ३ हजार ७ सय भारतीय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
उता, कास्कीको पोखरा महानगरपालिका-८ बगालेटोल बस्ने ३५ वर्षीय लक्ष्मण कुँवरको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मण समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार ४ सय २५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण