३ जना बालबालिकाको डुबेर मृत्यु
सारांश
- देशका विभिन्न स्थानमा डुबेर ३ जना बालबालिकाको मृत्यु भएको छ।
- नवलपरासी, सिन्धुली र कास्कीमा भएका छुट्टाछुट्टै घटनामा बालबालिकाको डुबेर मृत्यु भएको हो।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा डुबेर ३ जना बालबालिकाको मृत्यु भएको छ ।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१४ अमरौट बस्ने हरिनारयण चौधरीकी छोरी २० महिनाकी अप्सरा चौधरीको घर नजिकै रहेको पोखरीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता, सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ अर्चले बस्ने रबिन रम्तेलको २ वर्षीया प्रिन्सिका रम्तेलको आफ्नै घरको पानी ट्याङ्कीमा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।
यसैगरी, कास्कीको पोखरा महानगरपालिका-१९ अकला बस्ने बागलुङ घर भएकी कल्पना पुनको छोरा ३ वर्षीय युनिक पुनको नालीले बगाएर शुक्रबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँस्थित बाटोमा खेल्ने क्रममा अचानक नालीमा खसेर पानीले बगाई गम्भीर घाइते भएका उनको मातृशिशु अस्पताल बाटुलेचौरमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण