प्रतिफल घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, ८ प्रतिशत लाभांशको निर्णय
आइतबार, १५ भदौ २०८२, १३ : ५२
सारांश
- माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।
- बैंकले ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, जसमा ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश समावेश छ।
- कुल ९२ करोड ९७ लाख रुपैयाँ बराबरको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि शेयरधनीलाई वितरण गरिनेछ।
काठमाडौं । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावअनुसार चुक्ता पुँजीको ८ प्रतिशत लाभांश वितरण गरिनेछ, जसमा ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) समावेश छ । प्रस्तावित कुल लाभांश रकम ९२ करोड ९७ लाख ८ हजार ५८१ रुपैयाँ ८४ बराबर रहेको बैंकले जनाएको छ ।
यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र शेयरधनीहरुमा वितरण गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण