भारतको भ्रमण रद्द गर्दैछन् ट्रम्प ?
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो भारत भ्रमण रद्द गर्ने तयारी गरेका छन्।
- अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धमा तनाव बढेका कारण भ्रमण रद्द हुन लागेको हो।
- भारतको रुसी तेल खरिद र अन्य विषयमा दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ।
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी भारत भ्रमण रद्द गर्न लागेका छन् । न्यु योर्क टाइम्समा छापिएको समाचारअनुसार भारतसँग अमेरिकाको व्यापार तनाव बढेकै बेलामा उनले आफ्नो योजना परिवर्तन गर्न लागेका हुन् ।
रुसी तेल खरिदसम्बन्धी मामिलामा ट्रम्पले भारतबाट आउने सामानमाथि अमेरिकी भन्सारमा अतिरिक्त महसुल बढाएर ५० प्रतिशत पुर्याउने घोषणा गरेका थिए । आइतबार प्रकाशित समाचारका अनुसार ट्रम्पको एजेन्डामा अब भारत भ्रमण छैन । ट्रम्प आगामी क्वाड सम्मेलनमा भाग लिन आउने छैनन् ।
केही अघि भने ट्रम्पले मोदीसँगको भेटघाटमा यो वर्षको दोस्रो अर्धवार्षिक अवधिमा आयोजना हुने क्वाड सम्मेलनका लागि भारत आउँछु भनेको न्युयोर्क टाइम्सले ट्रम्पको शेड्यूलसँग परिचित व्यक्तिलाई उद्धत गर्दै समाचारमा भनेको छ । भारतको रुसी तेल खरिदबाहेक अन्य कुराले पनि दुई देशबिचको तनाव बढाइरहेको बताइएको छ । मे महिनाको सुरुमा ट्रम्प आफैँले भारत र पाकिस्तानबिच युद्धविराम गराएको दाबी गरेका थिए ।
ट्रम्पले बारम्बार यस्तो दाबी गरिहँदा भारतले भने यसको खण्डन गरेको छ । पाकिस्तानसँगको ७५ वर्ष लामो द्वन्द्वमा अरू कसैलाई पनि हस्तक्षेप गर्ने अनुमति आफूले नदिएको भारतले स्पष्ट रूपमा भनिसकेको छ । तर पाकिस्तानले भने ट्रम्पको दाबीलाई सही भन्दै उल्टै धन्यवाद दिएको थियो भने उनलाई नोबल पुरस्कारका लागि मनोनीत गरेको थियो । भारत पाकिस्तान युद्धविराममा ट्रम्पको भूमिका भारतले अस्वीकार गर्नुले तनाव चर्काएको विश्लेषकहरूले बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण