एकता महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पनु गर्वको विषय : विनोद कुँवर
काठमाडौं । गैर–आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष तथा उच्चस्तरीय समिति सदस्य विनोद कुँवरले एकता महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न पाउनु गर्वको विषय भएको बताएका छन्।
मार्च २०२२ मा उत्पन्न आन्तरिक असहमतिका कारण सर्वोच्च अदालतको परमादेशअनुसार उच्चस्तरीय समिति गठन भएको स्मरण गर्दै कुँवरले कठिन परिस्थितिमा पनि संस्थालाई एकीकृत राख्दै महाधिवेशन सम्पन्न गर्न सफल भएको बताए।
साथै, एकताको महधिवेशनबाट बचेको करिब ८३ लाख रुपैयाँ नयाँ कार्यसमितिलाई हस्तान्तरण गरिएको छ।
कुँवरले अबको प्रमुख जिम्मेवारी नयाँ समितिको रहेको उल्लेख गर्दै विश्वभरका एनसीसीलाई एउटै सूत्रमा बाँध्दै एनआरएनएलाई अझ सबल, एकीकृत र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
नव–निर्वाचित अध्यक्ष महेश श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई शुभकामना दिंदै उनले नयाँ नेतृत्वको सफलताका लागि निरन्तर समर्थन रहने एक विज्ञप्तिमार्फत बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण