गण्डकी एमाले : विद्यालाई उचालेर केपीको काँध थाप्दै
सारांश
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने वा नफर्किने दोधारमा देखिएकी थिइन्, तर पोखरा भ्रमणपछि उनले फर्किने संकेत देखाइन्।
- भण्डारीको राजनीतिक पुनरागमनको घोषणापछि नेकपा एमालेमा आन्तरिक राजनीति र देशकै राजनीतिमा हल्लीखल्ली मच्चिएको छ।
- गण्डकी प्रदेशमा भण्डारीको पक्ष र विपक्षमा नेताहरू विभाजित भएको र पार्टीभित्रको आन्तरिक द्वन्द्व बढेको छ।
पोखरा । पुस पहिलो हप्ता पोखरा झरेर पाँचतारे होटल ग्राण्डमा शुभेच्छुक र पार्टीपंक्तिसँग भेट्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने वा नफर्किने दोधारमा देखिन्थिन् । उनले साता दिनमा हजारौँसँग भेटेर राजनीतिकसँगै सामाजिक विषयमा छलफल गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई भेटेर फर्कनेहरू मिश्रित प्रतिक्रिया सुनाउँथे, ‘राजनीतिमा फर्किने उहाँको आफ्नै चाहना देखिएन, तर पार्टीले चाहेको खण्डमा फर्किनुहुन्छ होला ।’
उनलाई भेटेकाहरूमध्ये अधिकांश महिला थिए । उनीहरू सबैजसोले राजनीतिमा फर्किएर आफूहरूको अभिभावक बनिदिन भण्डारीलाई आग्रह गरेका थिए ।
२ दिनका लागि भनेर पोखरा आएकी भण्डारी स्याङ्जाको आलमदेवी पुगिन्, कास्कीकै रुपाकोट रिसोर्ट गइन् । ठाउँठाउँमा गरेको भ्रमणले उनमा उत्साह भरियो । उनको स्वागतमा लाम लागेकाहरू अधिकांश एमालेपंक्ति थियो ।

एक अर्थले उनको पोखरा भ्रमण राजनीतिक आकाङ्क्षाको पुनरवलोकन गर्ने समय बन्यो । पोखरा भ्रमणपछि नै उनको राजनीतिक पुनरागमनको गर्भे चाहना सार्वजनिक भएको हो ।
भण्डारीलाई पोखराले उतिसाह्रो चासो नदिएको भए उनी सक्रिय राजनीतिमा नफर्किन पनि सक्थिन् । ‘एयरपोर्टमा झरेदेखि फर्किन एयरपोर्ट पुग्दासम्म उहाँका अघिपछि लाइन थिए । जसले भेटे पनि राजनीतिमा फर्किनुस् भन्थे,’ त्यतिवेलाको अनुभव सुनाउँदै उनको भ्रमणको चाँजोपाँजो मिलाउने एक नेताले भने, ‘मलाई लाग्छ, पोखराबाट फर्केपछि नै उहाँमा राजनीतिक हुटहुटी बढेको हुनुपर्छ ।’
भण्डारीको घोषणाले नेकपा एमालेको आन्तरिक राजनीतिमात्रै होइन, समग्र देशकै राजनीति हल्लिएको छ । ती नेताका अनुसार अहिले ठिक उल्टो भएको छ । हिजो सक्रिय राजनीतिमा आइदिन आग्रह गरेको गण्डकी एमाले अहिले विपक्षमा उभिएको छ ।
भण्डारीको विषयमा गण्डकी प्रस्ट भइसकेको छैन । त्यसको प्रमुख कारक हो– उपमहासचिव पृथ्वी सुब्बा गुरुङको राष्ट्रिय राजनीतिक स्वार्थ ।
_aiASoF43Iq.jpg)
केन्द्रमा अध्यक्ष केपी शर्मा ओली अधिनस्थ भए पनि गण्डकीमा आन्तरिक विद्रोह छरपष्टै छ । उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको गुटगत राजनीति मौलाएको छ, तर विद्या भण्डारीको हकमा उनीहरू दुवै जना विपक्षमा उभिए, जसका कारण अधिकांश नेता कार्यकर्ता भण्डारीको पक्षमा खुल्न सकेनन् ।
गण्डकी प्रदेशका एमाले सचिव धनञ्जय दवाडीले भने, ‘गण्डकीमा अहिले विद्या भण्डारीको पक्षमा खुलेर बोल्ने नेताहरू ज्यादै न्यून छन्, लगभग छैनन् ।’
तर अरु नेताहरू चाहिँ गण्डकीमा पनि भण्डारीका समर्थक पर्याप्त रहेको बताउँछन् । भण्डारीको पक्षमा सार्वजनिक रूपमा कोही नबोले पनि भित्रभित्रै उनका समर्थक बढ्दो क्रममा छन् । ‘तत्कालका लागि प्रदेशवादी चिन्तन हाबी भएको छ । पृथ्वी सुब्बालाई केन्द्रीय राजनीतिमा स्थान पक्का गर्न चाहन्छ गण्डकी,’ एक नेताले भने, ‘यदि ११ औँ महाधिवेसनमा त्यो अवस्था बनेन भने यहाँको राजनीति फरक हिसाबले हिँड्छ ।’
उनका अनुसार विधान महाधिवेशनपछि गण्डकीको यात्रा क्लियर हुनेछ । अहिले जिल्ला तहमा भएका विधान सम्बन्धी छलफलका क्रममा भण्डारीको सदस्यता नवीकरण रोकेकोमा नेता कार्यकर्ताहरू आक्रोशित छन् । बाग्लुङमा सम्पन्न बैठक भण्डारीको पक्षमा खुलेको बैठकमा सहभागी एक नेताले बताए । ‘बैठकमा सबैखाले विचार आए । केहीले ओलीको विकल्प छैन पनि भने । धेरैले भण्डारीको सदस्यता नवीकरण रोक्नु गलत भनेका छन्,’ ती नेताले भने, ‘एमालेले पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नु कानुनसम्मत भएन । कानुनले कहाँ रोकेको छ ? त्यसो भए कानुन संशोधन गर्नुपर्यो ।’
भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किने सार्वजनिक घोषणा गरेपछि पार्टीका कतिपय नेता–कार्यकर्तामा उत्साह पनि छ । विशेषगरी यसअघि केपी ओली र विद्या भण्डारीलाई कित्तामा गन्नेहरू अहिले विभाजित छन् ।
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको माओवादी पुनरागमनले विद्यालाई रोक्न नमिल्ने आधार बनाएको ती नेता बताउँछन् । ‘एमालेले बोल्ने र गर्ने निर्णय साधारण हुनु हुँदैन । यसले मानक छोड्नुपर्छ । पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नु विद्यालाई मात्रै हो कि अरुमा पनि त्यही नियम लागु हुन्छ ?’ उनले प्रश्न गरे, ‘त्यसो भए पूर्वउपराष्ट्रपतिको हकमा एमालेको धारणा के हो ?’
यसरी कोही व्यक्ति विशेष केन्द्रित भएर पार्टीले निर्णय लिनु गलत हो ।’
भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किने सार्वजनिक घोषणा गरेपछि पार्टीका कतिपय नेता–कार्यकर्तामा उत्साह पनि छ । विशेषगरी यसअघि केपी ओली र विद्या भण्डारीलाई कित्तामा गन्नेहरू अहिले विभाजित छन् । एमालेको प्रतिनिधि लिएर चीन भ्रमणमा भण्डारी गएको घटनामा एमालेले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपि, महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपतिकै हैसियतमा गएको दाबी गरेका छन् । विद्याबारे एमालेको केन्द्रीय समिति अहिले ‘अस्थिर’ छ ।
एमाले बैठकले २५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित भएमा वर्तमान केन्द्रीय सदस्यमध्ये करिब ७५ जना स्वतः बाहिरिने छन् । यसले पार्टीभित्र ‘इन्सेक्युरिटी’ बढाउने र त्यतिबेला नेताहरू ‘जे पनि निर्णय गर्न सक्ने’ अवस्थामा पुग्ने नेताहरूकै विश्लेषण छ । ‘केपी ओलीले स्वीकार नगरेसम्म, उहाँको नेतृत्व स्थापित हुन गाह्रो छ,’ प्रदेशका प्रभावशाली एक नेताले भने ।
- ओलीले नै निम्त्याएका थिए विद्यालाई !
राष्ट्रपति हुँदा पनि पार्टी राजनीतिको अभ्यास गरिरहेकी भण्डारी सक्रिय राजनीतिमा फर्किने सोचमा थिइनन् । दशौँ महाधिवेशनमा अध्यक्ष ओलीले शंकर पोखरेललाई महासचिव बनाए । त्यसपछि पोखरेलको सक्रियता र महत्त्वाकांक्षा बढ्न थाल्यो ।
ओलीले नै शंकर पोखरेललाई रोक्ने अस्त्रका रूपमा विद्या भण्डारीलाई अघि सारेको बुझाइ कतिपयको छ । स्रोतका अनुसार भण्डारीलाई सुरुमा सक्रिय राजनीतिको निम्तो ओलीले नै दिएका थिए । एउटा टेलिभिजन अन्तर्वार्तामा ओलीले व्यक्त गरेको विचार अहिले पनि चर्चामै छ । कतिपयले यसलाई ‘प्लान्ड पोलिटिक्स’ भनेका छन्, तर पछिल्लो समय एकअर्काबिच गर्ने टिप्पणीले त्यो अनुमानलाई खुम्च्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण