छात्रामाथि विद्यालयमै जबरजस्ती करणी, प्रधानाध्यापक पक्राउ
सोमबार, १६ भदौ २०८२, ११ : २१
सारांश
- उदयपुरको बेलका नगरपालिकामा एक छात्रा विद्यालयमै बलात्कृत भएकी छिन्।
- प्रधानाध्यापक युवराज श्रेष्ठलाई १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ।
- पीडितको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
उदयपुर । उदयपुरको बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलकी एक छात्रा विद्यालयमै बलात्कृत भएकी छन् । १४ वर्षीया छात्रामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले बलात्कार आरोपमा प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, ४७ वर्षीय प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १०:४५ बजे आफ्नै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लिखित उजुरी दिएकी थिइन्।
उजुरी दर्ता भएलगत्तै श्रेष्ठलाई पक्राउ गरी रामपुरठोक्सिला प्रहरी कार्यालयमा राखिएको छ। उनीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण