शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘बलिदान’ अमेरिकाको सिनेमा चेन एएमसीबाट रिलिज हुने

सोमबार, १६ भदौ २०८२, १२ : ३८
सोमबार, १६ भदौ २०८२

सारांश

  • दसैँको फूलपातीमा रिलिज हुने फिल्म 'बलिदान' अमेरिकामा पनि रिलिज हुने भएको छ।
  • फिल्म अमेरिकाको २०० भन्दा बढी हलमा रिलिज हुने भएको छ, जसको निर्देशन सन्तोष सेनले गरेका हुन्।
  • निर्माता निर्देशक सन्तोष सेनका अनुसार फिल्मको अमेरिकामा एक हजारभन्दा बढी शो हुनेछ।

काठमाडौँ । दसैँको फूलपातीमा रिलिज हुने फिल्म ‘बलिदान’ अमेरिकामा पनि रिलिज हुने भएको छ । फिल्म अमेरिकाको २०० बढी हलमा रिलिज हुने भएको हो । फिल्मका निर्देशक सन्तोष सेन रहेका छन् । 

फिल्म सेनले नै निर्देशन गरेका हुन् । फिल्म अमेरिकाको सिनेमा चेन एएमसीले प्रदर्शन गर्न लागेको निर्माता निर्देशक सन्तोष सेनले बताए । उनका अनुसार अमेरिकामा फिल्मको एकहजार बढी शोज हुनेछ ।

अमेरिकाको एमसीको अलवा सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य सिनेमा चेनहरूमा फिल्म लाग्ने सन्तोषको दाबी छ ।  समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय फिल्ममा छ ।

आशुसेन फिल्मसको प्रस्तुतिमा बनेको फिल्मको पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप