अगस्टमा भित्रिए ८८ हजार ६८० पर्यटक, गत वर्षको तुलनामा २२ प्रतिशत वृद्धि
सोमबार, १६ भदौ २०८२, १६ : २५
सारांश
- सन् २०२५ को अगस्ट महिनामा नेपालमा ८८ हजार ६ सय ८० पर्यटक भित्रिएका छन्।
- गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको छ।
- आठ महिनाको अवधिमा सात लाख ३६ हजार पाँच सय ६२ पर्यटक नेपाल भित्रिए।
काठमाडौँ । नेपालमा सन् २०२५ को अगस्ट महिना मात्रै ८८ हजार ६ सय ८० पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ। बोर्डको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको छ।
बोर्डको तथ्याङ्कअनुसार भारतबाट ३५ हजार ५०५, चीनबाट ७ हजार ५३३, अमेरिकाबाट ६ हजार ६८, श्रीलङ्काबाट ५ हजार ९५६ र बङ्गलादेशबाट ४ हजार २६२ पर्यटक भित्रिएका छन्।
सन् २०२५ को ८ महिनाको अवधिमा सात लाख ३६ हजार पाँच सय ६२ पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ । गत जुलाईमा नेपालमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण