७ कक्षामा पढ्ने छात्रालाई प्रिन्सिपलको ‘लभ लेटर’, बिहे गर्न दबाबपछि पक्राउ
सारांश
- उत्तर प्रदेशको एक विद्यालयका प्रिन्सिपलले कक्षा ७ की छात्रालाई 'लभ लेटर' पठाए र विवाहको लागि दबाब दिए।
- पीडित छात्राले परिवारलाई जानकारी गराएपछि स्थानीय प्रशासनमा उजुरी दर्ता भयो र प्रिन्सिपललाई नियन्त्रणमा लिइयो।
- प्रिन्सिपललाई निलम्बन गरिएको छ र उनको शिक्षक सेवा समाप्त गरी बर्खास्तको तयारी भइरहेको छ।
उत्तर प्रदेश । शिक्षकलाई गुरु मानिन्छ, तर एक प्रिन्सिपलले आफ्नो मर्यादालाई नै कुल्चिएर ७ कक्षाकी छात्रालाई ‘लभ लेटर’ (प्रेम पत्र)मात्र पठाएनन्, आफूसँग बिहेका लागि दबाबसमेत दिए ।
घटना भारतको उत्तर प्रदेश राज्यको अलीगढस्थित एक विद्यालयको हो । भारतीय सञ्चारमाध्यमका अनुसार अलीगढको जवाँ ब्लकको एउटा गाउँमा रहेको सरकारी विद्यालयका प्रिन्सिपल शकिल अहमदले आफ्नै विद्यालयमा ७ कक्षामा अध्ययनरत छात्रालाई ‘लभ लेटर’ पठाएका थिए ।
‘म तिमीलाई निकै मन पराउँछु, तिमीलाई पत्नीका रूपमा लिएको छु’ जस्ता विवरणसहित प्रिन्सिपलले आफूलाई ‘लभ लेटर’ पठाउने गरेको भन्दै पीडित बालिकाले परिवारलाई जानकारी गराएकी थिइन् ।
ती प्रिन्सिपलले आफूसँग विवाहका लागि दबाबसमेत दिएको पीडितले परिवारलाई जानकारी गराएपछि स्थानीय प्रशासनमा यसबारे उजुरी गरिएको थियो । जिल्ला अधिकारी र एसएसपीसमक्ष यसबारे उजुरी गरेपछि प्रहरीले आरोपित प्रिन्सिपललाई नियन्त्रणमा लिएको छ ।
शिक्षा अधिकारी राकेश कुमारले आरोपित प्रिन्सिपललाई तत्काल निलम्बन गरिएको जानकारी दिए । उनको शिक्षक सेवा समाप्त गरी बर्खास्तको तयारी भइरहेको राकेश कुमारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले आरोपित शिक्षकमाथि थप अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण