सरकार अहिले पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमा छ : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमा रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ बारे सोमवार राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजका आवश्यकताहरू सम्बोधन गर्न कठिन हुने अवस्था रहेको बताएका हुन् ।
उनले बजेट निर्माण गर्दै गर्दा जनप्रतिनिधिले समग्र देशका विकासका आयोजना जोडदार ढङ्गले उठाउने गरेको भन्दै माग सम्बोधन गर्ने चाहना हुँदा हुँदै पनि साधन र श्रोतको सीमितताका कारण पूरा हुन नसकेको बताए । विधेयक पारित भएसँगै पूर्वाधारको क्षेत्रमा नयाँ ढोका खुल्ने जिकिर गरे ।
उपप्रधानमन्त्री पौडेलले स्वदेश र विदेशको पुँजी परिचालन गर्ने र पूर्वाधार क्षेत्रमा लगानी गर्ने काममा सरकार लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण