सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

नगर प्रमुखको निधनमा रुपन्देहीका सबै स्थानीय तहमा मंगलबार शोक बिदा

सोमबार, १६ भदौ २०८२, १९ : ०७
सोमबार, १६ भदौ २०८२

बुटवल । रुपन्देहीका सबै स्थानीय तहमा मंगलबार सार्वजनिक बिदा दिइने भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख स्व. सजरुद्दीन मुसलमानको भदौ १४ गते शनिबार बिहान हृदयघातका कारण निधन भएकाले शोक बिदा दिइने निर्णय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । 

जिससले सोमबार एक सूचना जारी गर्दै शोक बिदाका दिन राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय भएको जनाएको छ । 

साथै मंगलबारका दिन जिल्लाका सबै स्थानीय तहअन्तर्गत सम्पूर्ण सरकारी कार्यालयहरूलाई शोक मनाउन र बन्द गर्न/गराउन जिससले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप