नियम विपरीत व्यापार व्यवसाय गर्ने फर्मलाई ३ लाख ४५ हजार जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साेमबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरेको बजार अनुगमनमा उपभोक्ता संरक्षण ऐनको उल्लङ्घन गरेको भन्दै ७ वटा फर्मलाई कुल ३ लाख ४५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
यसैगरी ६ वटा फर्मलाई ३ दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने १३ वटालाई सामान्य निर्देशन दिइएको छ ।
सोमबार विभागले विभिन्न २६ वटा उद्योग तथा फर्ममा अनुगमन गर्दा कानुन विपरीत व्यापार व्यवसाय गर्ने फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कारबाही गरिएको जनाएको छ ।
अनुगमनका क्रममा सबैभन्दा ठुलो जरिवाना गोकर्णेश्वर नगरपालिका–०८ मा रहेको रिहान ट्रेडर्स लाई २ लाख रुपैयाँ गरिएको छ । विभागका अनुसार, रिहान ट्रेडर्सलाई रिलेबलिङ गरेको तथा मूल्य हेरफेर गरेको बिलबिजक जारी नगरेको पाइएपछि उक्त जरिवाना गरिएको हो ।
काठमाडौँ महानगरपालिका–०३ मा रहेको मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएपछि इच्छित स्टोर्स लाई ६० हजार रुपैयाँ जरिवाना लगाइएको छ ।
त्यसैगरी, काठमाडौँ महानगर–७ को इलाभेन इलाभेन ओयर्स, काठमाडौँ १६ को न्यू त्रिमूर्ति मिठाई भण्डार र काठमाडौँ –२६ को वि एण्ड डि सुज कलेक्सनलाई सहयोग गर्नुपर्नेमा नगरेपछि २०–२० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।
यस्तै सहयोग गर्नुपर्नेमा नगरेपछि काठमाडौँ–२७ को श्री फेन्सी स्टोरलाई १५ हजार रुपैयाँ र गोकर्णेश्वर–८ को जय गोविन्द भोले पर्दा पसललाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
विभागले ६ वटा फर्महरूलाई व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३ (तीन) दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागको अनुगमनमा केही सामान्य त्रुटिहरू देखिएका निम्न १३ वटा फर्महरूलाई सामान्य निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण