आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
सारांश
- राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरमा बस्नेछ।
- बैठकमा विधायन व्यवस्थापन समितिले 'सङ्घीय निजामती सेवा विधेयक, २०८०' सम्बन्धी प्रतिवेदन पेश गर्नेछ।
- भूमि व्यवस्था मन्त्रीले 'भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२' माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
काठमाडौँ। राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। यसअघि सोमबार पनि सो प्रतिवेदन पेस गर्ने कार्यसूची तय भए पनि समितिमा छलफल नसकिएकाले प्रस्तुत हुन सकेको थिएन ।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यससँगै, आजै दुई संसदीय समितिको बैठकसमेत बस्दै छ। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा हालसम्मको कामकारबाहीको समीक्षा हुने छ भने विधायन व्यवस्थापन समितिमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’ सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण